काठमाण्डौ। एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोषकुमार राठीलाई पितृशोक परेको छ ।

उनका पिता शंकरलाल राठीको मंसिर २ गते निधन भएको हो । कम्पनीले नायब सीईओ राठीको पिताको निधन भएकोमा गहिरो दु : ख व्यक्त गरेको छ ।
कम्पनीले जारी गरेको शोक सन्देशमा यस दुखद घडिमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ ।