काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी पुस ६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।

गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । साभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रादान गर्नेछ । 

गत कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसमेत गरेर १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ रहेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४.७५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । 

यसैगरी, सोही बैठकले आगामी साधारणसभा पुस ६ गते धरान उपमहानगरपालिका- १२ स्थित होटल गोरखामा गर्ने निर्णय गरेको छ ।

कम्पनीले सभा प्रयोजनका लागि आगामी मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, मंसिर २४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।