काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सुवर्ण पौडेल  चयन भएका छन् ।

कम्पनीको गत माघ २ बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी, सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष सन्तोषकुमार राठीले पदबाट दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको  छ।