काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाण्डौ धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ।

एक कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन्। उक्त समझदारीबमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको सेवा प्रयोग गरेबापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ। साथै यस बैंकका कर्मचारीलाई पनि सो योजनाअनुसारको छुट उपलब्ध हुनेछ। समझदारीका सर्तहरू एक वर्षका लागि लागू हुनेछन्।

यसैगरी बैंकका ग्राहकहरूले देशभरका २ हजार ४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालय, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

करिब २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।