काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाण्डौस्थित गोकर्ण फरेस्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध हुने भएको छ। 

बैंक र रिसोर्टबीच भएको समझदारीपछि बैंकले ग्राहकले छुट पाउने भएका हुन्। यो योजना एक वर्षका लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ। 

समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टका तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन्। समझदारीबमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटलको फुड एन्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउने छन्। 

यसका साथै बैंकका कर्मचारीलाई पनि यस योजनाअनुसारको छुट उपलब्ध हुनेछ। 

यसैगरी ग्राहकले बैंकसँग आबद्ध भएका देशभरका २ हजार ४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।