काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडमार्फत हितग्राही खाता खोली कारोबार गर्दै आएकाहरुले अब घरबाटै अनलाइनमार्फत डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न सक्ने भएका छन्।

हाल विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको लकडाउन कायम रहेकोले ग्राहकका सुविधालाई मध्यनजर राख्दै यस्तो सुविधा उपलब्ध गराइएको एनआईसी एशिया बैंक र क्यापिटलले जनाएका छन्। 
 
नवीकरण शुल्क ई–सेवा, खल्ती वा कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। यसका साथै एनआईसी एशिया बैंकको अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेडमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नवीकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ। साथै खाताधारकहरुले उक्त नवीकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ।
 
अनलाइनमार्फत नवीकरण शुल्क प्राप्त हुन साथ सम्बन्धित हिग्राहीको हितग्राही खाता तथा मेरो शेयरको नवीकरण तुरन्त गरिने व्यवस्था मिलाइएको हुँदा खाताधारकहरुले उक्त नवीकरण शुल्क घरबाटै भुक्तानी गर्न बैंकले आग्रह गरेको छ। यस सम्बन्धमा कुनै समस्य परेमा क्यापिटलको टोल फ्रि नं. १६६–०११–२२२२२ तथा क्यापिटलको मोबाइल नं. ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिने बताइएको छ।