काठमाण्डौ। एनआईसी एसिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्सड् फन्डको आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिफल घोषणा गरिएको छ। 

एनआईसी एसिया क्यापिटलको हिजो सोमबार सम्पन्न सञ्चालन समितिको बैठकले दुवै म्युचुअल फन्डको प्रतिफल घोषणा गरेको हो।जसअनुसार ग्रोथ फन्डका इकाइधनीहरुलाई १२ प्रतिशत (करसहित) का दरले हुन आउने १० करोड २ लाख २४ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने बैठकले निर्णय गरेको छ। 

यसैगरी बैठकले ब्यालेन्सड् फन्डका इकाइधनीहरुलाई भने ८ प्रतिशत (करसहित) कार दरले हुन आउने ६ करोड ४ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। 

दोस्रो बजारमा एनआईसी एसिया ग्रोथ फन्डको अन्तिम कारोबार मूल्य प्रतिइकाइ १०.२१ रुपैयाँ रहेको छ भने एनआईसी एसिया ब्यालेन्सड् फन्डको प्रतिइकाइ ९.६० रुपैयाँ रहेको छ।