काठमाण्डौ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात् ‘बुबाको मुख हेर्ने दिन’ लाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ।

हरेक वर्ष कुशे औँशीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ। आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीका लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्न बैंकले यो योजना ल्याएको हो। 

यो योजनाअन्तर्गत ग्राहकलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्री खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याइएको बैैंकले जनाएको छ। ग्राहकले उक्त दिनमा सामग्री खरिद गरी यो बैंकको मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ। 

ग्राहकले बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक, कपडा, केक, मिठाइलगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने बैंकको भनाइ छ। यो बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ताले CG Digital, LG Lifestyle Shoppe, Hotel Radission, Triveni Group, 8 Degrees, KTM City (ANTA Models), Palsonic, Siddhartha Café (Siddhartha Group), Krishna Pauraoti (Krishna Bakery),  Eco Infinity (NIU), Beyond Breads, The Crust Bakery, Hamro Kart,  Hotstone Pizzeria र Tato Mitho सँग उक्त सामग्री खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ।