काठमाण्डौ । गत आर्थिक वर्षका लागि  प्रस्तावित १८ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्दै एनआईसी एसिया कयापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

सभा क्यापिटलको काठमाण्डौको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको १८ प्रतिशत (करसहित) ले हुन आउने ३ करोड ६० लाख रुपैयाँ पारित गरेको हो। 

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

छिटो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटलले हाल सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ। साथै, एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गतको सामूहिक लगानीकोष योजनाहरु एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्सड् फण्ड सञ्चालन गरिरहेको छ। 

यसैगरी पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालन गर्न स्वीकृतिका लागि आवश्यक प्रक्रियामा रहेको छ।