काठमाण्डौ । गैरआवासीय नेपालीहरुले नेपाल सरकारसँग मिलेर छुट्टै इन्भेष्टमेन्ट कम्पनी खोली आइपीओ समेत निश्कासन गर्न पाउने भएका छन् । 

त्यसरी निश्कासन गरिएको आइपीओ गैरआवासीय नेपालीले मात्र खरीद गर्न पाउने र कारोबार पनि उनीहरुबीच मात्रै हुने समेत व्यवस्था गरिएको छ । 

अर्थ मन्त्रालयले धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा सातौं संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानून बमोजिम स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्रबैंकको स्वीकृति लिई  पूर्वाधारसम्बन्धी परियोजनाहरुमा शेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्न पाउने भएका छन् । 

त्यस्ता कम्पनीहरुले विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निश्कासन गर्नसक्ने समेत व्यवस्था गरिएको छ । 

‘यसप्रकारको विदेशी मुद्राको सेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्ने गरी निश्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकताप्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिप्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ ।’–मूल नियमावलीको दफा ९ को नियम ४१(ख)मा संसोधन गर्दै भनिएको छ । 

यस्तो छ सातौं संसोधन :