काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका केहि व्यक्तिहरुलाई कुटपिट गरिएको छ ।

संघको बालुवाटारस्थित कार्यालयमा  बसेको समयमा शर्मामाथि कुटपिट भएको हो ।  युवासंघ सम्बद्ध कार्यकर्ताहरुले कुटपिट गर्दा ओम शर्मा र बुद्धि सुवेदी पनि घाइते भएका छन् ।

एनआरएनए स्रोतका अनुसार अध्यक्ष केसी कार्यालयमा गए शुक्रबार शर्मा पक्षले तालाबन्दी गर्ने तयारी गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।

संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात गरेको बताएका छन् । संघकै सभाहलमा  युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका व्यक्तिहरु पुगेपछि  कुटपिट भएको बताइएको छ । 

घटनापछि संघको कार्यालयमा प्रहरी तैनाथ गरिएको छ भने कार्यालय परिसरमा भिड लागेको छ । संघको ११ औं महाधिवेशनमा बद्री केसी निर्वाचित भएका थिए ।

तर  अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले पुन : निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।निर्वाचनमा धाँदली गरेर केसी अध्यक्षमा विजयी भएको आरोप शर्मा पक्षले लगाउँदै आएको छ। 

केसीलाई अध्यक्ष अस्वीकार गर्दै आफनै नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति चयन गरेका छन् ।