काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओ दोश्रो दिन नबित्दै ओभरसब्स्क्राइब्ड भएको छ ।
शनिवार दिउँसो २ः३० बजेसम्म आइपीओमा ९८ हजार ७९७ आवेदकले ४१ लाख ४० हजार ३० कित्ता खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
यो कम्पनीले शुक्रबारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आइपीओ बिक्रीका लागि खुल्ला गरेको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकोमा सोमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गते हुनेछ।
लगानीकर्ताले ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19