काठमाण्डौ । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ। 

माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतिमा ७.२५ प्रतिशतसम्म वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) तोकेको छ। 

हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिए पनि एनएमबिले भने साना निक्षेपकर्तालाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ। बैंकले शाखाहरु साथै देशभरका १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।