काठमाण्डौ । एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ। एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो। 

ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरु पूरा/अपडेट गर्न सक्दछन्। भीकेवाईसीका लागि डिजिटल लिंक https://vcc.nmb.com.np जान सकिनेछ। 

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ। ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्’, बैंकद्वारा विज्ञप्तिमा भनिएको छ, ‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकका लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुका साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ। जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नुरहेको छ।’