काठमाण्डौ । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले सिरहाको नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११ औँ विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ। 

हिमालय सुगर मिल्सका तर्फबाट महाप्रबन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेशप्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी सञ्जीव झालगायत सर्वसाधारणको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउन्टरको विधिवत उद्घाटन गरिएको थियो। 

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ। 

बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ। 

शुभकामना मन्तव्यका क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब यस विस्तारित काउन्टरबाट नगदरहित सेवा लिन हुन पनि सबैलाई आग्रह गरे। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल योसहित देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।