काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ का इकाइहरु यही भदौ १७ गतेबाट बिक्री खुला गरिने भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको यस योजनाका योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ बिक्री खुला गरिन लागेको हो। उक्त निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गते बैंकिङ समयपछि हुनेछ। 

यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।