काठमाण्डौ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा गरेको छ। 

प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिला दिदीबहिनीको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रममा बैंकले यस्तो घोषणा गरेको हो। 

महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकले यस्तो घाषणा गरेको हो। यस किसिमको कार्यक्रमले भविष्यमा महिला सशक्तीकरणमा थप टेवा पुर्याउने अपेक्षा बैंकले राखेको छ। 

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारी, महिला उद्यमी, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो।

महिला कर्मचारीहरुद्वारा नेतृत्व गरिएको शाखाहरु

१. प्रदेश १ः टंकीसिनुवारी
२. मधेस प्रदेशः महोत्तरी
३. बागमतीः बल्खु
४. गण्डकीः चाउथे
५. लुम्बिनीः भलवारी
६. सुदूरपश्चिमः धनगढी

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।