 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ।
यो नयाँ कर्जाले घरधनीहरुलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउनेछ। सो योजनाले लामो अवधिका लागि कम र अनुमानित ब्याजदर सुरक्षित गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले विश्वास राखेको छ।
यो कर्जाले नयाँ ग्राहकहरु कुनै पनि बजार उतारचढाव वा ब्याज दरहरुमा परिवर्तन भए पनि ग्राहकहरुको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नेछन्। ‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारका लागि ठूलो लगानी हो र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्व बुझ्दछौँ’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19