काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा रु १ लाख ५१ हजारको चेक हस्तान्तरण गरेको छ।
उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नका लागि हस्तान्तरण गरिएको हो। कार्यक्रममा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झासमेतको उपस्थिति थियो।
कार्यक्रममा आँखा अस्पतालका तर्फबाट सभापति नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशीष बोहरा, कोषाध्यक्ष धीरेन्द्रमोहन झालगायत अन्य पदाधिकारीहरुसमेतको उपस्थिति थियो।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19