काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि–५० र एनएमबि हाइब्रिड फन्ड एल–१को वित्तीय विवरण सार्वजनिक भएको हो।
जेठमा सरल बचत फन्ड–इको न्याभ बढेर ९.२५ रुपैयाँ कायम भएको छ। गत वैशाखमा यो योजनाको न्याभ ८.६८ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल ८९ करोड ८ लाख रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी ६९ करोड ७५ लाख रुपैयाँ थियो।
जेठमा यो योजनाको कुल आय २ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल व्यय ३ करोड ७३ लाख रुपैयाँ थियो।
जेठमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ पनि बढेर १०.९२ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ १०.०२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ७ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी ८८ करोड ७१ लाख रुपैयाँ थियो।
जेठमा यो योजनाको कुल आय ११ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल आय २२ लाख ६४ हजार रुपैयाँमा सीमित थियो।
यसैगरी जेठमा एनएमबि–५० को न्याभ बढेर ११.८३ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ १०.७१ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ४१ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी १ अर्ब २३ करोड रुपैयाँ थियो।
जेठमा यो योजनाको कुल आय ७ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल व्यय ६ करोड ५९ लाख रुपैयाँ थियो।
जेठमा हाइब्रिड फन्ड एल–१को न्याभ पनि बढेर ११.४४ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ १०.९१ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेमा गरी कुल १ अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाख कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो।
जेठमा यो योजनाको कुल आय २ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा यो योजनाको कुल व्यय २ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19