काठमाण्डौ । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ। 

यस कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन्। वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलोपटक सुरु गरिएको छ।

किसानहरुले आफूलाई आवश्यक कृषि बीउ–बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नका लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नका लागि अन्य कर्जा जस्तै कर्जाका लागि आवश्यक कागजातहरु पेस गर्नुपर्ने झन्झट व्यहोर्नुपर्ने हुँदैन। यो कर्जा पूर्ण रुपमा डिजिटल प्रविद्यिमा आधारित कर्जा भएकाले किसानहरुले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरुले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन्।

यस एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुका साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेका साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरुजस्ता खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ।

देशले कृषिको व्यावसायीकरणमा जोड दिइरहेको अवस्थामा किसानहरुलाई पूर्ण रुपमा डिजिटल प्र्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव परी देशको आर्थिक विकासमा मद्दत पुग्ने बैंक र खेतीको विश्वास रहेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।