काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाइका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ।

उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक  राम केएम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति थियो। बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको हो। 

बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १४३ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।