काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि–५० र एनएमबि हाइब्रिड फन्ड एल–१को वित्तीय विवरण सार्वजनिक भएको हो। चारवटै योजनाको न्याभ बढेको छ। 

साउनमा सरल बचत फन्ड–इको न्याभ घटेर ९.४१ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ ९.५२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ४ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय १ करोड ४९ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय ५ करोड ९९ लाख रुपैयाँ थियो।

साउनमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ पनि घटेर ११.०५ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ११.२६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब २३ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब १७ करोड लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय २ करोड ६० लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय १५ करोड ३९ लाख रुपैयाँमा सीमित थियो।

यसैगरी साउनमा एनएमबि–५० को न्याभ पनि घटेर १२.२२ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ १२.३४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ४१ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय १ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय १३ करोड ८१ लाख रुपैयाँ थियो।

साउनमा हाइब्रिड फन्ड एल–१को न्याभ पनि घटेर १२.०६ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ १२.१४ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेमा गरी कुल १ अर्ब ६ करोड रुपैयाँ लगानी भएको छ। गत असार कुल लगानी १ अर्ब १५ करोड रुपैयाँ थियो। 

साउनमा यो योजनाको कुल व्यय ८८ लाख ७ हजार रुपैयाँ रहेको छ। गत असारमा यो योजनाको कुल व्यय ९ करोड ५२ लाख रुपैयाँ रहेको थियो।