काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले 'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक गरेको छ । 

सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले संयुक्त रुपमा व्यक्त गरेका छन् । 

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाण्डौ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् । 

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत्प्रतिशत भाडा(सत्प्रतिशत क्यासब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।