काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।
कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको ४५८औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९ र ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
अन्य वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि पारित गर्ने छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
यसैगरी, कम्पनीले आव २०७६/७७ मा १६.२ प्रतिशत, आव २०७७/७८ मा १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago