काठमाण्र्डाै । एनएमबि बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

यसैगरी, कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

त्यसैगरी, कम्पनीले  रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  

कम्पनीले हाल देशभर २०१ शाखा, १६६ वटा एटीएमहरू, १२ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।