काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकैपटक तीन नयाँ स्थानमा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले प्रदेश १ मा उदयपुरको रौतमाई गाउँपालिकास्थित चिसापानी, प्रदेश २ मा सप्तरीको तिरहुत गाउँपालिकास्थित डिमन र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकास्थित टोपामा शाखारसहित सेवा सञ्चालनमा ल्याएको हो। योसमेत बैंकको शाखारहित सेवाको संख्या ३३ पुगेको छ।
हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरीसहित सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए।
बैंकले अफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ। सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेन्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ।
एनएमबि बैंकले १८० शाखा, ९ विस्तारित काउन्टर, ३३ शाखारहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १० हजारभन्दा बढी क्यूआर कोडमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19