काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ।
एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्। क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ।
यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणका रुपमा पनि रहेको छ। यस नयाँ प्रणाली कार्यान्वयन भएसँगै लघुवित्त संस्थाहरूका उपभोक्ताले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्।
एनएमबि लघुवित्त राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो। संस्थाले एक मजबुत र भरपर्दो लघुवित्त संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ। संस्थाका लगभग २ लाखभन्दा बढी ग्राहक छन् भने देशभरि ११० भन्दा बढी शाखाछन्।
एसबी सोलुसन्सले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलिमेन्टेसन गर्दै आइरहेको छ। यसका साथै एसबी सोलुसन्सले डिजीहबसँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago