काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्।
यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ।
एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकरलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago