काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ दुवैको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा घटेको छ। 

योजना व्यवस्था एनएमबि क्यापिटल र कोष प्रवर्द्धक एनएमबि बैंक रहेका यी दुवैको न्याभ असार महिनामा घटेको छ। जसअनुसार एनएमबि फिप्टीको न्याभ घटेर १८.९६ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ १९.४३ रुपैयाँ रहेको थियो। 

आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार एनएमबि फिप्टीअन्तर्गत सूचीकृत सेयरमा लगानी पनि घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा १ अर्ब ६६ करोड रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म यस फन्डअन्तर्गत सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा कुल ३ करोड १ लाखरुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी ४ करोड १५ लाख रुपैयाँ रहेको थियो।

असारसम्म एनएमबि फिप्टीले कुल लगानी १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी २ अर्ब ६ करोड रुपैयाँ रहेको थियो। 

एनएमबि फिप्टीले असार मसान्तसम्म १ अर्ब ६ करोड रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय १ अर्ब १२ करोड रुपैयाँ नाफा रहेको थियो। 

यसैगरी असारमा एनएमबि हाइब्रिडको न्याभ घटेर १६.८९ रुपैयाँमा झरेको छ। गत जेठमा न्याभ १७.०५ रुपैयाँ रहेको थियो। 

एनएमबि हाइब्रिडअन्तर्गत सूचीकृत सेयरमा लगानी पनि घटेर ८४ करोड ४४ लाख रुपैयाँमा सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा ८७ करोड ७० लाख रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म यो फन्डअन्तर्गत सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा कुल १ करोड ८३ लाखरुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी १ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

असारसम्म एनएमबि हाइब्रिडले कुल लगानी १ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ रहेको थियो। 

एनएमबि फिप्टीले असार मसान्तसम्म ६२ करोड ५ लाख रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय ६३ करोड ६५ लाख रुपैयाँ नाफा रहेको थियो।