काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८.५०% फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो। फिक्स्ड दरबाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९% मै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पूरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिइएको छ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीका लागि call@nmb.com.np मा ई–मेल वा ०१–५९७१५० मा गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।