काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडको हिजो साउन ३२ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि फिप्टीको प्रतिफल घोषणा गरेको हो। बैठकले एनएमबि हाइब्रिड फन्ड एल १ का इकाइधनीहरुलाई २० प्रतिशत तथा एनएमबि फिप्टीका इकाइधनीहरुलाई ३० प्रतिशत नगद प्रतिफल (करसहित) वितरण गर्ने निर्णय गरेको छ। 

कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेडका रहेका यी दुवै योजनाको प्रतिफल वितरण प्रयोजनार्थ आउँदो भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ भदौ १७ गते कायम इकाइधनीहरुमा यी दुवै योजनाका लागि घोषित प्रतिफल पाउन योग्य हुनेछन्।