काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ को वित्तीय विवरण सार्वजनिक गरेको हो। जसअनुसार दुवै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ। 

साउनमा एनएमबि फिफ्टीको न्याभ बढेर २०.४२ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १८.९६ रुपैयाँ रहेको थियो। 

साउनसम्म यस योजनाले सूचीकृत सेयरमा १ अर्ब ७४ करोड रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा २ करोड १५ लाख रुपैयाँ, ऋणपत्र/बन्डमा १७ करोड १९ लाख रुपैयाँ र बैंक मुद्दति निक्षेपमा १८ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब ५३ करोड रुपैयाँ, ३ करोड १ लाख रुपैयाँ, १८ करोड १० लाख रुपैयाँ र १८ करोड २५ लाख रुपैयाँ रहेको थियो। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २ अर्ब ११ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले १८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

यसैगरी साउनमा एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ बढेर १७.७४ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १६.८९ रुपैयाँ रहेको थियो। 

साउनसम्म यस योजनाले सूचीकृत सेयरमा ८९ करोड ३० लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा १ करोड ८५ लाख रुपैयाँ, ऋणपत्र/बन्डमा ३३ करोड ३४ लाख रुपैयाँ र बैंक मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः ८४ करोड ४४ लाख रुपैयाँ, १ करोड ८३ लाख रुपैयाँ, ३४ करोड २६ लाख रुपैयाँ र १५ करोड २५ लाख रुपैयाँ रहेको थियो। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब ३९ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले ८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।