काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन 0रहेको छ।
योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिफल वितरण प्रयोजनार्थ भोलि भदौ १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाका लागि घोषित प्रतिफल पाउनेछन्।
गत आर्थिक वर्षका लागि एनएमबि फिफ्टीका इकाइधनीहरुलाई ३० प्रतिशत (करसहित) र एनएमबि हाइब्रिडका इकाइधनीहरुलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago