काठमाण्डौ । एनएमबि बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। 

एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडिया हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेतामध्ये एक हुन्। एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले अभिनेता शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ। 

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे। 

त्यसैगरी शाहलाई एनएमबि बैंक परिवारमा ब्रान्ड एम्बेस्डरका रुपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुसी छ। जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन्, त्यसरी नै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मूलधारमा राखी कार्य गर्दै आइरहेको छ। 

बैंकले देशभरिका १८१ शाखाका साथै १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।