काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता 'NMB You-Wah! Digi Savings' ल्याएको छ।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। एनएमबि बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ। 

त्यसैगरी यस योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नी च्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फन्ड ट्रान्सफर (ABBS) र वार्षिक रु. १ हजार २०० सम्मको क्यासब्याक योजनाजस्ता आकर्षक लाभहरु पनि उपलब्ध गराउनेछ। 

यसका अतिरिक्त बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५% छुट पनि उपलब्ध गराउने जनाएकोे छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।