काठमाण्डौ । एनएमबि बैंकले सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औँ विस्तारित काउन्टर शुभारम्भ गरेको छ। 

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा एनएमबि बैंक प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टरको विधिवत उद्घाटन भएको हो। उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारित काउन्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथिका रुपमा रहेका थिए। 

कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत केसी, वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तव्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारित काउन्टरका प्रमुख न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए। 

शुभकामना मन्तव्यकै क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सरकार–निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यालयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। उनले अब मालपोत कार्यलय बेलबारीमा नगदरहित सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गरे। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।  

एनएमबि बैंकले यसलगायत हाल देशभरि १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।