काठमाण्डौ । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। 

बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ। 

बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो। सम्झौताअनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखुखेती गर्न प्रोत्साहान गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो। यसका साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखुखेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानको जीवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जासमेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ। चिनी उद्योगहरुमा उखुको माग हुँदाहँुदै पनि कर्जा नपाउँदा उखुखेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महसुस गरेका छन्। 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम, १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।