काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाण्डौको ‘रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजनाको सहयोगमा हालसम्म ५२ हजार सुधारिएको चुलो वितरण गरेको छ। बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाका लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो।

परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुलोे बितरण गरेर ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ, गोरखा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दि, बागलुङ, अर्घाखाँची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुलो वितरण गरेको हो।

बैंकको भ्यालु बेस्ड बैंकिङको अवधारणाहरुमध्येको ‘नाफाभन्दा अघि मानिसहरुका बारेमा सोच्ने’ सिद्धान्तअनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्सनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।