काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ। 

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु. २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा रु. २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ। यो योजना चैत २९ गतेदेखि सुरु भई सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ। 

यसैगरी एनएमबि बैंकका ग्राहकले नेपालको अग्रणी अनलाइन दराजबाट समान खरिद गर्दा १०% वा रु. १ हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा रु. १ हजार ५०० सम्म छुट पाउन सक्नेछन्। यो योजना चैत २८ गतेदेखि सुरु भई सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ।

त्यस्तै एनएमबि बैंकको ग्राहकले ई–एनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा रु. १०० सम्मको क्यासब्याक पाउनुका साथै हेलिकोप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ। 

उक्त छुट प्रप्त गर्नका लागि ग्राहकले आफ्नो ई–एनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नुपर्नेछ।

यो योजना चैत २९ देखि सुरु भई सीमित अवधिका लागिमात्र लागू हुने जनाइएको छ। 

यसैगरी एनएमबि बैंकका ग्राहकले नेपालको अग्रणी अनलाइन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा रु. २ हजारसम्म छुट पाउन सक्ने छन्। 

यो योजना पनि चैत २९ गतेदेखि सुरु भई सीमित अवधिका लागिमात्र लागू हुनेछ।   

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।