काठमाण्डौ । एनएमबि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पुकुदिदी फाउन्डेसन र सर्लाहीको सिसौटस्थित बागमती मावि प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। 

झोला वितरणका क्रममा बैंकका तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउन्डेशनबाट शोभा पौडेललगायतका सदस्यहरु उपस्थित थिए। बैंकले स्कुल ब्याग, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो। 

कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थीमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरे। 

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।