काठमाण्डौ । एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनका लागि समझदारी भएको छ।

उक्त समझदारी असार ९ गते भएको हो। बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुबबहादुर सुवेदीबीच समझदारीपत्र हस्तानान्तरण भएको छ।

उक्त समझदारीमार्फत टानका सदस्यहरुले एनएमबि बैंकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन्। एनएमबि बैंकले डिजिटल सेवाहरु वीच्याट, पोस, क्यूआर र पेमेन्ट गेटवेजस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आइरहेको छ। 

यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ। एनएमबि बैंकले ग्राहकलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।   

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।