काठमाण्डौ । एनएमबि बैंकले सामाजिक दायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ। 

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुला चौरमै पढ्न बाध्य थिए। एक कार्यक्रममाझ बैंकले ४ वटा कोठाको पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। 

उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौलीलगायत उपस्थित थिए। विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, पत्रकारलगायत उपस्थित थिए। 

कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाइबहिनीमा पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे। 

बैंकले वित्तीय कारोवारमात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए। ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौँ’, उनले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवासुविधा छैन। यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ।’ 

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको एनएमबि द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।