काठमाण्डौ । एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ।
यो समझदारीसँगै एनएमबि बैंक फ्लाइवायरका तर्फबाट विश्वभरका १ हजार ७०० भन्दा बढी शैक्षिक संस्थामा भुक्तानीका लागि नेपालको एकमात्र बैंक भएको छ। नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन्।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे।
त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। हाल एनएमबि बैंक र फ्लाइवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीका लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दैछन्।
‘फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकका लागि विभिन्न जोखिम हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौँ। हामी विश्वस्त छौँ कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकका लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीका लागि एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने।
‘हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकले पनि नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीलाई अझ सरल भुक्तानी माध्यमका लागि सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंकसँग सामझदारी गर्न उत्साहित छौँ’, ग्लोबल एजुकेसन फ्लाइवायरका ईभीपी शेरोन बटलरले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19