काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो म्युचुअल फण्डको रुपमा एनएमबीको खुल्लामुखी फण्डले आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ । 

एनएमबी क्यापिटल लिमीटेड फण्ड म्यानेजर रहेको 'एनएमबी सरल बचत फण्ड–ई' नामको खुल्लामुखी फण्डले आइपीओ निश्कासनको अनुमति पाएको हो । 

यो फण्डले १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्नेछ । 

एनएमबी बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबी क्यापिटलले हाल बजारमा तीनवटा म्युचुअल फण्ड संचालन गरिरहेको छ । उसका 'एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१', एनएमबी हाइब्रीड फण्ड एल-१' र 'एनएमबी फिफ्टी' नामका योजनाहरु हाल संचालनमा रहेका छन् ।