काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले बोनस सेयरका लागि एनएमबी बैंक र एभरेस्ट बैंकसहित चारवटा वित्तीय संस्थाको सेयरमूल्य शुक्रबार समायोजन गरेको छ ।
नेप्सेले एनएमबी बैंक, एभरेस्ट बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता एनएमबी बैंकको ३३२.२३ रुपैयाँ, एभरेस्ट बैंकको ५४१.९० रुपैयाँ, पोखरा फाइनान्सको १३७.३८ रुपैयाँ र इन्फिनिटी लघुवित्तको ५१९.०९ रुपैयाँ कायम गरेको छ ।
गत वर्षको मुनाफाबाट एनएमबी बैंक, एभरेस्ट बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघलुवित्तले क्रमशः २१ प्रतिशत, ५ प्रतिशत, ७ प्रतिशत र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन् । अब चारैवट संस्थाको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ ।
एनएमबी बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा यही पुस २४ गते निर्णय गरेको गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।
गत वर्षको मुनाफाबाट एभरेस्ट बैंकले कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश बैंकको यही पुस २३ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा हुने २५ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।
यसैगरी पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ७.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश फाइनान्सको यही पुस १८ गते पोखराको दरबारथो बैंक्वेवमा हुने २३ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।
यस्तै इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।
प्रस्तावित लाभांश इन्फिनिटी लघुवित्तको यही पुस १८ गते नवलपुरको विजयचोकमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित हुनेछ ।
यी चारवटै वित्तीय संस्थाले आज शुक्रबारदेखि बुक क्लोज गरेका छन् । यसको मतलब हिजो बिहीबारसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago