काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।
बैंकले ‘एनएबी ऊर्जा ऋणपत्र’ निष्कासनको अनुमति माग्र्दै धितोपत्र बोर्डमा गत पुस ८ गते निवेदन दिएको हो।
बैंक कुल १ हजार अंकित दरका कुल १५ लाख इकाइ निष्कासन गर्नेछ। जसमा ९ लाख इकाइ प्राइभेट प्लेसमेन्ट गरिनेछ भने बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइनेछ।
बैंकको १५ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ४ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19