काठमाण्डौ । एनएमबी क्यापिटलले संचालन गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ मा लगानी गरी निकट भविष्यमै २१.०५२६३ प्रतिशत प्रतिफल पाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले यो म्युचुअल फण्डको इकाई मंसिर १६ गतेसम्म खरीद गरिसक्नुपर्नेछ । 

यो म्युचुअल फण्डले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट इकाईधनीहरुलाई करसहित २१.०५२६३ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको थियो । 

सोही प्रतिफल वितरणका लागि योजना संचालक एनएमबी क्यापिटल लिमीटेडले मंसिर १७ गतेलाई बुक क्लोजको मिति घोषणा गरेको छ । 
यसको अर्थ स्किमको प्रतिफल पाउन १६ गतेसम्म इकाई खरीद गरिसक्नुपर्नेछ । 

यो स्किमको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रति इकाई १२ रुपैयाँ रहेको छ ।