काठमाण्डौ । एनएमबी लुघवित्त वित्तीय संस्था लिमिटेडले २४.३० लाख कित्ता हकप्रद सेयर कात्तिक २४ गतेबाट बिक्री खुला गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि संस्थाले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ ।
लगानीकर्ता सेयरधनीहरुले मंसिर २९ गतेसम्म सेयर खरिद आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।
यो कम्पनीको हाल चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद जारी भएपछि पूँजी बढेर ४० करोड ५ लाखको उचाईमा पुग्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19