काठमाण्डौ । बजार घटबढको शृंखलासँगै यो साता मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को हिसाबले उत्कृष्ट १० मा पर्दै आएका सूचीकृत कम्पनीहरुमध्ये अधिकांशको सम्पत्ति घटेको छ ।
बजार पुँजीकरणको हिसाबले मुख्य १० ठूला कम्पनीका रुपमा स्थापित सेयरहरुको मूल्यमा तीव्र घटबढ भयो । जसका कारण १० मध्ये ७ कम्पनीको बजार पुँजीकरण घट्यो भने बाँकी ३ कम्पनीको मात्र बढ्यो ।
यो साता बजार पुँजीकरणमा सबैभन्दा राम्रो फड्को एनएमबी बैंकले मार्यो । अघिल्लो साताको तुलनामा यो बैंकको बजार पुँजीकरणमा १.२५ प्रतिशतको सुधार देखियो । अघिल्लो साता बैंकको कुल बजार पुँजीकरण ४५ अर्ब ७७ करोड रहेकोमा बढेर ४६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
यो साता नबिल बैंक र एभरेस्ट बैंकको बजार पुँजीकरणमा समेत सुधार देखिएको छ । यी दुई कम्पनीको बजार पुँजीकरण क्रमशः ०.५३ र १.०६ प्रतिशतले सुधार भएको छ । नबिल बैंकको अघिल्लो साताको बजार पुँजीकरण ६७ अर्ब ४४ करोड बढेर ६७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने एभरेस्ट बैंकको ४५ अर्ब १९ करोड बढेर ४५ अर्ब ६७ करोड रुपैयाँ उचाइ चुमेको छ ।
साताको कुल पाँच कारोबार दिनमा पुँजीकरणको हिसाबले ठूला १० मध्ये ७ कम्पनीमा भने संकुचनको अवस्था देखियो । ती सातमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरणमा ४.१५ प्रतिशत ह्रास आयो । यो कम्पनीको अघिल्लो साता कुल बजार पुँजीकरण ५० अर्ब २८ करोडबाट घटेर ४८ अर्ब २० करोड रुपैयाँमा सीमित बन्न पुग्यो ।
त्यस्तै हिमालयन बैंकको बजार पुँजीकरण अघिल्लो साताको तुलनामा २.५७ तथा नेपाल टेलिकमको २.३० प्रतिशतले घट्यो ।
यसैगरी कृषि विकास बैंकको बजार पुँजीकरणमा १.९४, नेपाल इन्भेस्टमेन्ट बैंकको ०.९३, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ०.५५ र एनआईसी एसिया बैंकको ०.२४ प्रतिशतले गिरावट आयो ।
बजार पुँजीकरणको हिसाबले सबैभन्दा ठूलो सूचीकृत कम्पनी नेपाल टेलिकम अघिल्लो साताको ९७ अर्ब ६५ करोडको आकारबाट घटी ९५ अर्ब ४० करोड रुपैयाँमा सीमित बन्न पुग्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago